झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइ
धोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई ।

यो विश्वबाट हिंसा गर्दै छु अन्त भन्ने
गर्वानुभूति गर्छन् प्राणी सयौँ ढलाई

के खान्छ खै धनीले ऐश्वर्य, रत्न, पैसा ?
खाँदै छ ऊ मजस्तै खानाहरू पकाई ।

अल्छीहरू सराप्छन् निर्दोष भाग्यलाई
तिर्खा बुझेन भन्छौ धारा, कुवा नधाई ।

के दम्भ गर्दछस् ए मान्छे ! अजम्बरी झैकक
पुर्खा सबै मरे झैँ मर्छस् नि काल आई ।

सुर्खेत