सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ वर्ष आयो !

Nepal Telecom ad

उही घाम लाग्यो, उही जून लाग्यो !
उही चालले सूर्य उस्तै उदायो !!
सधै झैँ उही मार्गमा घुम्छ पृथ्वी ।
पुरानै धरामा नयाँ वर्ष आयो !!

न सेकेन्ड कैल्यै नयाँ आउँथ्यो त्यो !
मिनेटै नयाँ बन्न पाउन्नथ्यो त्यो !!
न घन्टा बन्यो आजसम्मन् नयाँ यो !
न हप्ता न मैन्हा ! नयाँ वर्ष आयो !!

पुरानै छ छाला, पुरानै छ चाला !
बलोस् दीप ताजा ! पुरानै छ पाला !!
नयाँ तेलले बत्ति कल्ले जलायो ?
उही चेतनामा नयाँ वर्ष आयो !!
उही तालमा थालमा भात उस्तै !
अवस्था उनै, बाध्यता, जात उस्तै !!
न ता काँचुली सर्पले फेर्न पायो !
लतारेर छाती नयाँ वर्ष आयो !!

पुरानै छ ढर्रा नयाँ भो दराज ?
चलेको छ उस्तै गरी कामकाज !!
न दौरा ठुलेले नयाँ फेर्न पायो !
बडो गर्व गर्दै नयाँ वर्ष आयो !!

डढेलो सबै जङ्गली क्षेत्रमा छ ।
निराशा अझै दीनका नेत्रमा छ !!
ठुले भोकले प्यासले छट्पटायो ।
धकेल्दै कठै ! यो नयाँ वर्ष आयो !!

उनै गीत सङ्गीत आलाप गर्दै,
उनै शब्द भण्डार उस्तै सुसेल्दै
उही मल्लकालीन डङ्का बजायो !
कसोरी भनौँ लौ नयाँ वर्ष आयो !!

बम्घा, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला