सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँवर्ष

Nepal Telecom ad

उसैगरि

उदाउने र अस्ताउने छ
आँगनमा जून र घाम
चल्नेछ बतास
बास्ने छ कुखुराको भाले
घुर्नेछन् ढुकुर खलियानमा
चिर्बिराउनेछ गौंथली
उसैगरी
चोर्नेछ चल्ला स्यालले
झम्टिनेछ वाजले परेवा
उसैगरि
खोलाका कुनै किनारामा
चुसाउँदै निरस लाम्टाहरू
गिट्टी कुटिरहेका हुनेछन्
भोका आमा र दिदीहरू
उसैगरि
कसैले फालेका जूठो चाटेर
सडक महोत्सव मनाउनेछन्
कुपोषणग्रस्त नानीहरू
बाल अधिकारका किस्सा हालेर
ठोक्नेछ कुनै नेताले भाषण
धरौटीको अभावमा
असामयिक मर्नेछन् जिन्दगीहरू
नाङ्गो आकाश ओढेर
सपना बाँचिरहनेछन् भूकम्प पीडितहरू
उसैगरि
चुहिने छैन कुनै झुपडीमा
एक झुल्को उज्यालो
आउने छैन यी वस्तीमा
एक फाँक खुशी
आल्हाद या आवेशमा
न ओर्लिने छ आकाश
न उचालिने छ धर्ती
उसैगरि
बगिरहने छ समय
बगिरहनेछौं हामीहरू ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रगतिवाद

प्रगतिवाद

रुद्र ज्ञवाली
यो देश रक्षा गर

यो देश रक्षा गर

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
घर्षणवाद

घर्षणवाद

रुद्र ज्ञवाली
कुराको कुरौनी

कुराको कुरौनी

रुद्र ज्ञवाली
धमिरो

धमिरो

रुद्र ज्ञवाली
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल