नाम राख्ने धुन
एउटा मूर्खको एउटा छोरा जन्म्यो,
छोरो लगत्तै छोरीको पनि जन्मोदय भो ।
नाम के राख्ने भनि खोज्न थाल्यो, सुत्केरी स्टेसनमा,
बाहिर खुसीले खुब हाँस्यो, भित्र टेन्सनमा ।
जब न्वारनको दिन आयो,
उसले ज्योषिबाट दुई नाम पायो ।
नाम पाएको खुसीमा बाल्यो जोरबत्ती,
छोराको नाम श्रीमान राख्यो छोरीको श्रीमती ।
छोरो बढ्दै गयो छोरी बढ्दै गई,
बाबु खुसी भयो, आमा दिक्क भई ।
संसारमा लाखौ नाम छन् किन बिग्रयो मति ?
छोरा छोरीलाई के बोलाउनु ? भनि, श्रीमान, श्रीमती ।
छोराले पढेन ऊ हलि भयो,
तै पनि वकिल झै सबको श्रीमान भयो ।
छोरी बढी, फूल फक्रियो तर झरेन,
श्रीमती भन्छन् सबैल,े बिहेचाहिँ कसैले गरेन ।
बाउ भौतारियो दायाँबायाँ छोरी दिनलाई,
आमा हिँडी छोराको केटी हेर्नलाई ।
नाम राख्ने धुनले पार्यो दुगति,
घरमै बसे दाजु बहिनी श्रीमान् श्रीमती ।
चारघरे, नुवाकोट