सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– १६

Nepal Telecom ad

१. हराएको छ
हिजोआज,
गाउँबाट पर्म हराएको छ ।
सहरबाट सर्म हराएको छ ।
मूर्तिविनाका मन्दिरहरू
ङिच्च हाँसिरहेछन्
त्यसैले, प्रत्येकको छातीबाट विश्वासको
धर्म हराएको छ ।

२. बढाएको छ
देखासिकीले फेसन बढाएको छ,
राजनीतिले टेन्सन बढाएको छ ।
डाक्टरहरू सहर नछोड्ने भए
कम्पाउण्डरहरूको उपचारले
गाउँमा रोगको देसन बढाएको छ ।

३. नियति
प्यालाप्याला गरेर पोखरी नै सहिएको छ,
किस्ताकिस्ता बुझाउँदै चिहाननेर गइएको छ ।
रक्सीजस्तो गन्हाउने जीवनमा आफू त
न भाँडो न पानी केवल मर्चामात्र भइएको छ ।

४. महत्व हुन्छ
भान्सामा तसलाको
मासुमा मसलाको
मुद्दामा फैसलाको
महत्व हुन्छ ।
भोकालाई गाँसको
सुकुम्बासीलाई बासको
नाङ्गालाई कपासको
महत्व हुन्छ ।

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी