सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टीचर

Nepal Telecom ad

टि ई ए टी टी माने चिया
दूध नपाए सादै गर्
चीनी नभए खल्लै गर्
केही नजुरे टीच
यी हाम्रा टीचर ।

बाबा बाजे आमा अजिमा
यौटा बच्चो सब छन् थर्थर
नब्बे बच्चा यौटा सर
यी हाम्रा टीचर ।

उसिना चामल दाल छ हर हर
गुन्द्रुक चटनी खुर्सानी छ
शिक्षा प्रोटिन भोजन गर्र
यी हाम्रा टीचर ।

कालो पाटी पुछ्ने डस्टर
फटफट चप्पल हात रजिस्टर
मोतीदाना सुन्दर अक्षर
यी हाम्रा टीचर ।
शिष्य छ हाकिम साहु मिनिष्टर
क्यै देला कि नमस्ते गर्

भोको घरमा यौटै कचकच
यी हाम्रा टीर्च ।
योग्य शिष्य हून् जनता घर घर
शिक्षा सोच बिचारी गर
प्रहरी लाठी मनमा धर
यी हाम्रा टीचर ।

(शिक्षा दिवसका अवसरमा। यो कविता २०४१मा इलाममा राति टुँडिखेलमा पाठ गरेर जिल्ला
पञ्चायतको पाहुनाघरमा बास बसी बिहान तल वर्लन लाग्दा बजारभरि टेप रिकर्डरमा यही कविता
सुन्न पाउँदा मुग्ध भएको थिएँ।त्यसको केही अघि सरकारबाट इलाम जिल्लामा शिक्षकहरूमाथि
निकै दमन भएको थियो –खकुरेल)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
अहम् !

अहम् !

जयदेव गाेविन्द
आऊ, हामी तानातान गरौँ !

आऊ, हामी तानातान गरौँ...

जीवनाथ अधिकारी