सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धनमासु सेकुवा पसल 

Nepal Telecom ad

कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ ।{{read_more}} श्रीमतीमालाई दुःख नहोस् भन्ने सोच भएकाले घर height= आएको मौकामा सबै थोक जोरजाम गरी घरमा राखिदिने उनको बानी छ ।

हुनत उनका लागि किनमेल गरिने वस्तुहरू धनबहादुरकोमा छैनन् फलफूलको दोकान छाडेका छन् तापनि पहिलेका नजिकका साथी भएको नाताले बजार जाँदा आज पनि धनबहादुरको पसलमा निस्कने विचार गरे ।

धनबहादुरको सेकुवा पसल अहिले सारै चलेको देखियो । बेलुकाको बेला थियो । अलिक बढी कमाइ हुने सरकारी कार्यालयमा राष्ट्रसेवकहरूको निकै भिड रहेछ । उनलाई मनमा लाग्यो सायद मालपोत, नापी शाखा, जि.प्र.का. मा कार्यरत राष्ट्रसेवकहरू हुनुपर्छ ।

धनबहादुरलाई कुलबहादुरले नमस्ते गरे तर धनबहादुरले खासै चासो देखाएको जस्तो देखिएन । तापिन उनले भने “ऊ त्याँ बाहिर बस्तै गर्नु होस् न । म यहाँ…. ।”

सायद बढी व्यस्त भएकोले होला भन्ने ठानेर धनबहादुरले भनेअनुसारको दोकान बाहिर राखिएको कुर्सीमा एकछिन बसेर भित्र दोकानको दृश्य नियाले । फलफूल दोकान र सेकुवा दोकानका माझमा तुलनै गर्न नसकिने ठाने ।

धनबहादुरलाई काउन्टरमा धमाधम छ । दोकानमा पहिलेको भन्दा अझ बढी व्यस्तता छ र दोकानको अनुहारै फरक छ । उनी काउन्टरमा छन् । बेराका रुपमा आधी लुगा लगाएका केटीहरू ओर र पर गरिरहेका छन् । सेकुवाको धुवाँ आइरहेको छ । मादक वातारण छ ।

यत्तिकैमा धनबहादुरले एक केटीलाई अराए— “ए नानी उता केबिनको साहेबसँग अर्डर लिएर आऊ त ।”
अराउना साथ केटी भित्र गई ।

केही छिनपछि त्यही केटी धनबहादुरका अघि आई र भनी— “पाँच सय भन्दा बढी ननिदे अरे ।”
केही बेर सोचेजस्तो गरी धनबहादुरले भने “हुन्छ अरे भनिदेऊ जाऊ ।”

कुलबहादुरले भनेको कुरा धनबहादुरको बुझाइ भन्दा अलिक परको थियो । यसैले उनले यसमा वास्ता गरेनन् । होला नि कुनै लेनदेन । सोचे मात्र ।

“हाकिम हो क्यारे, घाटा खाएर पनि मिलाइदिनै पर्यो । भोलि केके लटखट लाइदिन्छ । कर भन्ला, दर्ता गर् भन्ला । यो सब झमेला भन्दा बरु घाटै खान्छु नि….।” उनी एक्लै गनगनाउँदै कुलबहादुरतिर आए । तर उनको ध्यान भने काउन्टरतिरै थियो । कुलबहादुरलाई भने अब कतिखेर यहाँबाट फुत्कौं भइरहेको थियो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad