सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फुलेको जवानी

Nepal Telecom ad

सम्झनामा वत्ति फूलेको
‘फ्ल्यास प्याक’ चम्केको छ 
विजुली चम्केझैं
आकाश सुसेलीमा रमाएझैँ{{read_more}}
एउटा बुढो रुख
फेरि तङ्रिँदै छ 
अस्ताउनु अघिको ‘घाम’ हो
डाँडापारिको ‘जुन’ हो
‘घाम’ र ‘जुन’ को समिश्रण हो जीवन
आगो र पानीको मिलन हो जीवन

बाटोमा उसको एउटा पैताला आगो हुँदा
अर्को पैताला पानी भयो
दुवै पैताला आगो भएको भए
ऊ कोपिलामै खरानी हुन्थ्यो
दुवै पैताला पानी भएको भए
उ बाढीको चपेटामा बेवारिस हुन्थ्यो 

समयले उसको वैंशको रथलाई
पुन चावुक हान्दै छ
कृष्ण सारथी बनेर
उ भित्रको अर्जुन ब्यूँझाउँदै छ 
गाण्डीव उचाल्ने आदेश दिँदैछ
किल्ला किल्लामा ‘गजधम्म’ बसेका
धृतराष्ट्रहरूका विरुद्धमा
रुखका टोड्कामा बसेका
छद्मभेषीहरूका विरुद्धमा
सम्झनामा बैंश फुलेको फ्ल्यास ब्याक चम्केको छ
एउटा बुढो रुख फेरि तङ्रिँदै छ ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
‘बा’ काव्यांश (२१)

‘बा’ काव्यांश (२१)

दीनानाथ पाेखरेल
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
जन्मदाताको पुकार

जन्मदाताको पुकार

हेमनाथ घिमिरे
भो जीवनी बन्जर (३)

भो जीवनी बन्जर (३)

हेम अधिकारी