सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोल्न मिल्दैन

Nepal Telecom ad

सम्माननीय प्रधानन्यायाधीशज्यूका विषयमा निकै जोडतोडले उठिरहेका विवाद सम्बन्धमा ‘बोल्नै मिल्दैन, के बोल्नु !’ {{read_more}} भनेर नेपाल बारका अध्यक्षले height= एक सञ्चारमाध्यमलाई जवाफ दिएछन् । उनले हामी धेरैको मनकै कुरा गरेका हुन् । हामी बारभित्र बारिएर बसेकाहरूलाई त्यस्तै भइरहेको छ, बोलौँ बोलौँ लाग्छ, बोल्नै मिल्दैन । घाँटी खसखस–खसखस गर्छ, भित्रैदेखि कुराहरू हुँडलिएर घाँटीसम्म आउँछन्, ओकल्नै मिल्दैन । सम्माननीयज्यूले पटक्कै ठीक गरिरहनुभा’ छैन भन्ने लागे पनि बोल्न मिल्दैन । उहाँले कत्रो भरोसा गर्नुभएको छ हामीमाथि, उहाँलाई कसरी चोट र्पुयाउनू ? त्यसैले यो घटनामा हाम्रो बारले स्याउलाकै बार बराबर निष्प्राण भएर रमिता हेरेर बस्नुपर्छ, बोल्न मिल्दैन । बारको आफ्नै घेराबारा छ भन्ने सबैलाई थाहा छ । बारभन्दा बाहिर निस्किएर हल्ला गर्न मिल्दैन । 

कुनै न्यायाधीशले दिएको आदेशको आलोचना गर्दैमा वा न्यायाधीशको चरित्र वा काम–कारबाहीको विरोध गर्दैमा न्यायपालिकाकै अवहेलना हुन्छ भन्ने हामीलाई पनि लाग्दैन तर उहाँले त्यसलाई अवहेलना मानेपछि हामीले बोल्न मिल्यो त ? 

कति कुरा हाम्लाई पनि चित्त बुझ्दैन । जस्तै स् त्यो तहको मान्छेले आधा दर्जन जन्ममिति बोकेर नबस्नुपर्ने हो । एसएलसी पास गरेको सर्टि्फिकेट खोइ भनेर दुनियाँले प्रश्न उठाइसकेपछि ‘यीऽऽ !’ भनेर सर्टि्फिकेट तेस्र्याउँदा कुरै सकिनेमा ‘लाऽऽ !’ भनेर प्रश्न उठाउनेहरूकै अनुहारमा लोपार्न नहुने नै हो । आफ्ना विरुद्धका उजुरीमा आफैँ न्यायाधीश भएर फैसला गर्न र आदेश गर्न त झनै नमिल्ने हो । तर, के गर्नु, चित्त नबुझे पनि हामीले बोल्न मिल्दैन ।   

हामी–हामीभित्रको आन्तरिक कुरा है ! ठूलठूला आर्थिक विषयमा भएका अन्तरिम आदेशहरूले तस्कर र कालाबजारियाहरूलाई ठूलो फाइदा र सरकारलाई अर्बौंको घाटा भएको कुरामा होइन भनेर हामीले प्रतिवाद गर्ने ठाउँ छैन । त्यो पदबाट त्यस्ता काम भए होला भन्ने हामीले सोच्नु पनि नहुने हो तर यसो हेर्दा खोइ के खोइ के जस्तो देखिन्छ । तर पनि हामी बोल्दैनौँ । बोल्न मिल्दैन के !

 

हामी उहाँका लाइनका मान्छेहरूले बोल्ने बेलै होइन यो । बोली साध्ये भा’पो बोल्नु । बोल्यो कि पोल्यो । बोलेर भन्दा नबोलेरै जितिन्छ । बोलेन भने मनमा लागेका कुरा मनमै बसिरहन्छन् । भित्रै घुमिरहन्छन्, बटारिइरहन्छन् । धेरै भए आफैँलाई भित्रभित्रै पिरोल्छन् । नबोल्दा किन नबोलेको भन्ने एउटा प्रश्न आउँछ, त्यसको उत्तर नबोलेरै टार्न सकिन्छ । बोल्यो भने हजार प्रश्नको सामना गर्नुपर्छ । त्यसैले बोल्नुभन्दा नबोल्नु हाम्रो स्वास्थ्यका लागि लाभदायक छ ।  

हामीले बिनाकारण नबोलेको पनि होइन । राजनीतिमा पोलिटिक्स घुसेकाले नबोलेको हो । राजनीतिमा पोलिटिक्स घुसेपछि एउटा लाइनका मानिसको बोली खुलेका बेला अर्को लाइनका मानिसको मुख बन्द हुन्छ । आफ्नै लाइनका न्यायाधीश, मन्त्री, प्रधानमन्त्री, पार्टी अध्यक्ष वा सभापतिहरूले गरेका र्ओयाइँको विरोध गरेर भविष्यका बाटाहरू बन्द गराउन कसैलाई इच्छा हुँदैन । अझै कति बाँच्नु छ, कति माथि पुग्नु छ, कति अवसरहरूले बाटोमा पर्खिबसेका होलान् । अनि, प्याच्चपुच्च मुख चलाएर आफ्नै घुँडामा बन्चरो किन हान्नू ? यति कुरा सबैलाई थाहा छ । त्यसैले नेपाल बारले किन नबोलेको भनेर कसैले प्रश्न उठाउँदैमा उत्तर दिनु जरुरी छैन । मुख ट्याप्प थुनेर चुपचाप बस्नुपर्छ । हामीले अहिले बोल्न मिल्दैन । 

नेपाल, फाल्गुन २७, २०७४
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे