सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्ञवालीको गीति एल्बम लोकार्पण

Nepal Telecom ad

वैशाख १७ गते सोमबार राष्ट्रिय नाचघरको सभाकक्षमा प्रखर, कवि, समालोचक, महाकाव्यकार डा.रामप्रसाद ज्ञवालीको गीति एल्बम ‘आशय’को लोकार्पण माननीय  height=परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, जनगायकहरू रामेश, {{read_more}} रायन, जीवन शर्मा, रामकृष्ण दुवाल, जे.बी.टुहुरे, नन्दकृष्ण जोशी, धीरेन्द्र प्रेमर्षि, गीतकार डा.रामप्रसाद ज्ञवाली, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा र ती राष्ट्रिय गीतमा सङ्गीत भर्ने दामोदर अधिकारीले संयुक्तरूपमा गर्नुभयो । 

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा माननीय परराष्ट्र मन्त्री एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा जनगायक रामेश अनि अतिथिहरूमा जनगायकहरू जे.बी.टुहुरे, रायन, श्याम तमोट, रामकृष्ण दुवाल, जीवन शर्मा, नन्दकृष्ण जोशी, धीरेन्द्र प्रेमर्षि, प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल, वरिष्ठ कवि रमेश खकुरेल, डा.देवी नेपाल, डा.रामप्रसाद ज्ञवाली, सङ्गीतकार दामोदर अधिकारी, डा.बेञ्जु शर्मा, कवि अर्जुन पराजुली, कवि ईश्वरचन्द्र ज्ञवाली उपस्थित हुनुहुन्थ्यो ।  
उक्त विशेष समारोहमा उपस्थित विद्वतजनलाई स्वागत गर्नुहुँदै सभाध्यक्ष सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले गानाबजानाको मात्र थलो हो भन्ने परिचय बोकेको सांस्कृतिक संस्थान र यो नाचघरलाई नेपालको सांस्कृतिक केन्द्रको रूपमा र कलाकार, साहित्यकार सबै सबैको साझा संस्थाका रूपमा विकसित गरिनुपर्ने भन्ने मान्यताका साथ काम गरिरहेको, जनताका पक्षमा काम गर्ने प्रतिवद्धताका साथ र जनताको भरोसायुक्त मतका माध्यमबाट गठित अहिलेको सरकारले कला, संस्कृति, गीतसङ्गीतलाई प्राथमिकतामा राखेर यो क्षेत्र सांस्कृतिक रूपान्तरणको प्रखर क्षेत्र हो भन्ने ठानेर हरेक विद्यालयमा सङ्गीत शिक्षककको दरबन्दी सिर्जना गरिदिए रोजगारी अभिवृद्धि पनि हुने र कलासंस्कृतिको जगेर्ना पनि हुने हुँदा सरकारको त्यसतर्फ माननीय मन्त्रीज्यू मार्फत ध्यानाकार्षण गराउनुभयो । सरकारले वार्षिक असी लाख अनुदान दिने तर वार्षिक तीन करोड खर्चनुपर्ने सांस्कृतिक संस्थान कलाकारको सम्मान होस् भन्ने आग्रह पनि सरकारसमक्ष गर्नचाहन्छ भन्नुहुँदै सबै उपस्थित आदरणीय व्यक्तित्वलाई स्वागत गर्नुभयो र प्रमुख अतिथिज्यू एवम् जनकलाकाकारहरूलाई माला तथा खादा लगाएर सम्मान अर्पण गर्नुभयो । 

प्रमुख अतिथि माननीय मन्त्री प्रदीप ज्ञवालीले पानसमा बत्ती प्रज्ज्वलन गरी समुद्घाटन गरिएको उक्त विशेष समारोहमा सर्जकहरूको परिचय गराउनु हुँदै डा.देवी नेपालले डा.रामप्रसाद ज्ञवालीले लेख्नुभएका चारओटा राष्ट्रिय गीतहरूको सङ्कलन ‘आशय’ गीति एल्बमको लोकार्पण गरिने यो विशेष समारोहमा गुणात्मक उपस्थिति रहेको, पचास वर्षको उमेरमै डा.ज्ञवालीले आफैँले व्यक्तित्व निर्माण गरिसक्नुभएको, १०८ ओटा कृति प्रकाशित गरिसक्नुभएको, उहाँका लेखन, प्राध्यापन, प्रशिक्षण, उत्प्रेरक जस्ता फरक फरक व्यक्तित्व प्रखररूपमा देखिएकास भावना र आवेगको सिर्जनाले युगको माग पूरा गर्दैन भन्ने मान्यता राख्ने, स्नातकोत्तर पढ्दै महाकाव्य लेखिसक्नुभएका, छन्दको पुनर्जागरको युगको घोषणा, २०६१ मा एकादेशमा खण्डकाव्यका माध्यमबाट राजतन्त्रको अन्त्यको चुनौती दिने, दीर्घकालीन सोच र उद्देश्यका साथ सिर्जना गर्ने ज्यादै नै क्रियाशील व्यक्त्त्विका चारओटा गीतहरू यो एल्बममा समेटिएका छन् र ती गीतले सिङ्गो देश बोलेका छन् र अबको युगमा समृद्धि र विकासका लागि साहित्य लेख्नुपर्छ भन्ने आफ्नो मान्यतालाई यी गीतमा अत्यन्त सुन्दर तर गम्भीरताका साथ उहाँले स्थापित गर्नुभएको छ । त्यसैगरी डा.ज्ञवालीका चारओटा राष्ट्रिय गीतलाई सङ्गीत भर्ने र स्वर दिने काम दामोदर अधिकारीले गर्नुभएको छ । सैँतिस बर्से अधिकारी चेतना र जागरणको बाटोमा समर्पित रहनुभएको छ । म्युजिकमा स्नातक गर्नुभएका अधिकारीको यो पहिलो एल्बम भए पनि यसले उहाँलाई युगौँसम्म बचाउने छ । मायाप्रेमकै गीत गाउने यो उमेरमा उहाँले मुलुकको चिन्ता गर्नुभएको छ, जीवनलाई जहिल्यै अमर बनाउने कर्ममा समर्पित उहाँको यो सक्रिय जीवन पछिसम्म यस्तै यात्रामा लागिरहने छ भन्नुभयो । 
गीतका स्रष्टा डा.रामप्रसाद ज्ञवालीले गीतको रचनागर्भका बारेमा प्रकाश पार्नुहुँदै आफैँ नलागी मुलुक बन्दैन, उपदेशले मुलुक बन्दैन । प्राकृतिक सांस्कृतिक सम्पन्नता र वैभव भएको हाम्रो मुलुकले गर्व गर्नुपर्छ भन्ने भावलाई, बिदेसिनु र दास हुनुको पीडालाई, सिप तथा ज्ञान सिक्नका लागि सम्पन्न मुलुकमा गए पनि स्वदेशलाई माया गरेर फर्कनुपर्छ भन्ने सन्देश दिन, भिक्षा मागेर खानुहुन्न र स्वाभिमान झुकाउनु पनि हुन्न भन्ने सचेतना सम्प्रेषण गर्न, निदाएर सपना देख्ने होइन देशको समृद्धको सपना देख्नुपर्छ र कर्ममा होमिनुपर्छ, आफैँ केही बन्ने होइन कर्म गर्नुपर्दछ, मागेर देश बन्दैन भन्ने भावनालाई सम्प्रेषण गर्नखोजेको हुँ, शब्द सरल छन्, गीत आफैँले बोलेका छन् भन्नुभयो । स्रष्टालाई माया गर्ने महाप्रबन्धक राजेश थापा जस्ता प्रशासक पनि हुनुहुँदोरहेछ, एकैपटकको अनुरोधमा सभाकक्ष दिने मात्र होइन, आयोजक नै बनिदिनुभयो, जलपानको जिम्मा लिइदिनुभयो । मुलुकको रूपान्तरण अभियानमा अग्रपङ्क्तिमा उभिएका जनगायकहरू आइदिनुभयो, प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको छ, म सबै सबैमा हार्दिक धन्यवाद भन्नचाहन्छु । पैसाका पछि होइन देश र जनताका पक्षमा काम गर्नुपर्दछ, स्थापित हुने भनेको राम्रा कामबाट मात्र हो भन्ने मेरो मान्यताअनुसार नै सङ्गीतकार दामोदर अधिकारीलाई आग्रह गरेको हुँ, उहाँले मिहिनेत गरिदिनुभयो हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

पहिलो गीत श्रव्यदृश्य देखाइएको थियो भने दोस्रो, तेस्रो र चौथो गीतलाई गायक एवम सङ्गीतकार दामोदर अधिकारीले अत्यन्त प्रभावकारिताका साथ गाउनुभएको थियो । लोकार्पित गीति एल्बमका बारेमा टिप्पणी गर्नुहुँदै जनगायक जीवन शर्माले गीतका शब्द अत्यन्त उत्कृष्ट रहेकाले पहाडका फेदमा उभिएर त्यसको उचाइ मापन गर्नुसरहको कुराका बारेमा आपूmले बोल्ननसक्ने, सङ्गीत र स्वर चाहिँ अत्यन्त सुन्दर रहेको, गायक अधिकारी मौकावान् व्यक्ति हुनुहुँदोरहेछ, उहाँ नयाँ पुस्ताका सशक्त गायकका रूपमा यही एलबमबाट स्थापित हुनुभएको छ, बाजाको तालमेल बडो सुन्दर रहेको छ, रामप्रसाद ज्ञवाली बौद्धिक स्रष्टा भएकाले उहाँका कवितालाई गीतमा ढाल्नु चानचुने कुरा होइन तर शब्दरस, सङ्गीतरस र स्वरको तालमेल सुन्दर छ । मिक्सिङ पनि सुन्दर रहेको छ । तर विडम्बना ठुला सञ्चार माध्यमले यस्ता राष्ट्रवादी गीतलाई स्थान दिँदैनन्, सरकारकै लगानीका सञ्चार माध्यमले पनि स्थान दिँदैनन् बरु उल्टै देशको आवश्यकताका होइन छाडा गीतहरू बजाइदिन्छन् । यो पक्षमा सरकारको गम्भीर ध्यान जानु आवश्यक छ । म मन्त्रीज्यूको ध्यानाकर्षण गराउनचाहन्छु भन्नुभयो । 

विख्यात जनगायक रामेश श्रेष्ठले आजको यो ज्यादै महत्त्वपूर्ण एवम् गुणस्तरीय विशिष्ट समारोहमा प्राज्ञिक व्यक्तित्वहरू तथा जनताका गायकहरूको बिचमा बस्नपाउँदा आफन्तकै बिचमा बसेको जस्तो आनन्दानुभूति भइरहेको छ । जनताको प्रचण्ड मतका साथ गठन भएको अहिलेको सरकार जनताको भइदिओस्, मुलुकलाई समृद्ध पार्ने दिशामा काम गरिदेओस् भन्ने जनचाहना रहेको छ । आज लोकार्पित यो एल्बमका गीतमा पनि यही जनचाहना अभिव्यक्त भएको छ । डा.रामप्रसाद ज्ञवाली इमान्दार र निष्ठावान् स्रष्टा हो, यस्ता इमान्दार स्रष्टाका सिर्जनाले सङ्गीतबद्ध हुने अवसर प्राप्त गरेका छन् । हामी सांस्कृतिक सेवकहरू जनताकै प्रेरणाबाट क्रियाशील छौँ । राजनीतिक सेवकहरूले पनि यस्तै सोचेर काम गरिदिनुहोस्, अब कसैलाई दोष देखाएर उम्किने अवस्था रहेको छैन, कसैलाई दोष देखाउनु पनि हुँदैन । जनतालाई हौसला दिने खालका, मुलुकको समृद्धिमा योगदान गर्ने खालका, जनताको चेतना बढाउने खालका गीतसङ्गीतहरू सञ्चार माध्यममा विशेषगरी सरकारी सञ्चार माध्यमहरूमा बजाउने व्यवस्था सरकारले गरिदिनुपर्दछ, तस्कर र माफियाले सरकार चलाउनुहुँदैन, जनताका पीडा र बेदना सरकारले सुन्नुपर्दछ । बेरोजगारी र अवसरको कमीका कारण युवा पलायन भई अर्काको देशका लागि नोकर र दास जन्माउने मेसिन भएको छ हाम्रो देश ! त्यसैले क्षमता र प्रतिभा भएकाले अवसर पाउनेगरी, तिनीहरूले पलायन हुनुनपर्ने गरी सरकारले काम गरिदिनुपर्दछ । हिजो जनयुद्धको समयमा गाउँ गाउँमा कलाकार पुगेका थिए तर आज खै ती कलाकार कता गए ? हामीपछिको कलाकारको पुस्ता खै ? अहिले चिन्ताको विषय भएको छ । यद्यपि दामोदर अधिकारीजी देखिनुभयो तर अरू खै ? उपयोग गर्ने तर पछि बेवास्ता गर्ने, फाल्ने प्रवृत्ति हामीकहाँ पनि देखिएको छ ! हाम्रा क्षमता र प्रतिभालाई सञ्चार माध्यमले स्थान नै नदिने प्रवृत्तिको अन्त्यका लागि नीतिनिर्माणकै तहमा सरकारले ध्यान दिनु आवश्यक छ । राम्रो सरकारलाई पनि कर्मचारीले घुमाउने प्रवृत्ति रहेको छ, त्यसका प्रति सावधानी अपनाउनु आवश्यक छ । लोकतान्त्रिक संस्कृति कस्तो हुनुपर्दछ ? कस्तो बनाउने हो ? भन्ने धारणा सरकारबाट पनि आओस्, स्रष्टाहरूले पनि त्यस्तै सिर्जना गरिदिनुहोस्, हामी गाउँछौँ र सबै मिलेर यो मुलुकलाई समृद्ध बनाऔँ । आजको यो ऐतिहासिक र महत्त्वपूर्ण दिनमा सबै सबैमा यही आग्रह गर्न चाहन्छु भन्नुभयो । 
प्रमुख अतिथि माननीय परराष्ट्र मन्त्री एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवालीले आजको यो गरिमामय विद्वत समारोहमा सहभागी हुनपाउनु सुखद भएको, आज लोकार्पित गीति एल्बम र यसका गीतका बारेमा तपाईँ बौद्धिक दर्शकले सुनेर अनुमोदन नै गरिसक्नुभएकाले गीतका उत्कृष्टताका बारेमा चर्चा आवश्यक नरहेको, आज हाम्रो देशलाई चाहिएका गीत र सङ्गीत यो एल्बममा समेटिएकास हाम्रो र हाम्रा बौद्धिक व्यक्तित्वको आत्मसम्मानमा, आत्मविश्वासमा घुमाउरो पाराले प्रहार भइरहेको वर्तमानमा आत्मविश्वास बढाइदिने यस्ताखाले गीत तथा एल्बम आउनु अत्यन्त खुसीको कुरा हो । आकारमा सानो र गरिब भए पनि हाम्रो देश सार्वभौम देश हो भन्दा अन्यथा सोचिदिने र व्यवहार गर्ने, सपना सबै पूरा नहोलान् तर बौद्धिक जमातमा आत्मविश्वास नै कम भएर कहिले खोक्रो राष्ट्रवाद भनिदिने, उडाउने प्रवृत्ति देखिएको अवस्थामा त्यो प्रवृत्तिका पक्षमा होइन, आत्मविश्वासका पक्षमा उत्प्रेरणा प्रदान गर्ने यो एल्बमका गीत सुन्दर रहेका छन् । प्राकृतिक र सांस्कतिक स्रोतमा मुलुक धनी छ तर यस्ता आत्मविश्वासका गीत सञ्चार माध्यममा नबज्नु चिन्ताको कुरा हो, यो दायित्व सरकारले पूरा गर्नु जरुरी छ, सरकारले ध्यान दिने छ । जनकलाकार बाँच्ने भनेको जनताको मनमा हो, सामन्तवाद सम्पूर्णरूपमा नहटेको अनि सांस्कृतिक रूपान्तरण ढिलो हुने हुँदा चरम उपभोक्तावाद बढेको वर्तमानमा शिक्षामा देशभक्तिको चेतना नहुनु पनि कारकका रूपमा देखिएको छ तर आजका तपाईँहरू जता परिपक्व र मुलुकको समृद्धिमा चिन्ता गर्ने स्रष्टाले असल सारथिको काम गर्नुहुने छ र सरकारलाई घच्घच्याइदिनुहुने छ भन्ने कुरामा मैले विश्वास लिएको छु । आजको यो विशिष्ट समारोहका स्रष्टा डा.रामप्रसाद ज्ञवाली र गायक एवम् सङ्गीतकार दामोदर अधिकारीलाई हार्दिक बधाइ छ भन्नुभयो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad