सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताजीको म्याद

Nepal Telecom ad

‘ल ल हिंड बेला भयो’ मस्त पल्टिरहेका नेताजीलाई यमदूतले झाँगलझुँगल पारे । ‘को…..किन ? कहाँ जाने ?’ नेताजी झस्के । {{read_more}} height=

‘म यमदूत……यी हेर तिम्रो म्याद सकियो म लिन आएको ।’ यमदूतले खाता पल्टाएर देखाए ।
‘हा.हा.हा. तिमी यमदूत… हाहाहा…..मलाई लिन आएको ? हाहाहा….’ नेताजी अट्टहास गरे । 
‘म्याद सकिएर लिन आउँदा अरु त रुन्थे…….यो त हाँस्न पो थाल्यो’ यमदूत दंग परे– ‘किन हाँसेको.? यसरी त हाम्रा महाराज यमराज हाँस्नुहुन्थ्यो । तिमी किन ?’
‘को यमराज ? को यमदूत ? राजालाई उहिल्यै लखेटिसक्यौं… दूत पनि देखि सहन्नौं । भारतका दूत सूदलाई जुत्ताले हानेको तिमीलाई थाहा छैन ?’ नेताजीले तर्साउन खोजे ।

‘यताका राजालाई लखेटेपनि यमराजलाई कसैले चलाउन सकेको छैन नि । त्यसमाथि तिमीले जंगल पठाएको राजा फेरि फर्कने सुर गर्दैछन् । तर्साउन नखोज म अरुजस्तो दूत हैन । हिंड अब जाऊँ ।’ यमदूतले तान्न खोजे ।
‘म किन जाने ?’ हात हटाउँदै नेताले भने ।
‘हेर न यी म्याद सकियो तिम्रो । त्यसैले…’ यमदूतले फेरि खाता देखाए ।
‘हाहा…….उता हेर त मैले थपिसकें आफ्नो म्याद’ फेरि हाँस्दै नेताजीले भित्तातिर क्यालेन्डर देखाए ।
‘यसरी कहाँ हुन्छ ? आफ्नो म्याद आफैं थप्न कहाँ मिल्छ ? तिम्रो खुस्के जस्तो छ…’ यमदूतले आश्चर्य माने ।
‘अलिबेर बस्यौ भने तिम्रो चाहिं खुस्किन्छ, मेरो हैन । हामीलाई म्याद थप्ने बानी बसिसकेको छ । त्यसैले आफ्नो म्याद पनि थपियो ।’ नेताजीले बुझाउन खोजे ।
‘किन थप्ने ?’ आश्चर्य व्यक्त गर्र्दै यमदूतले सोधे । 
‘नभ्याएर । नपुगेर । राम्रो संविधान नबनाई कसरी जान सक्छु ?’ नेताजीले बुझाउन खोजे ।
‘ऊबेला संविधानसभाको म्याद मात्र थप्यौ, अरु केही गरेनौं । अब त संविधान बन्छ भनेर नेपाली जनताले त पत्याउन छाडे, मैले कसरी पत्याउने ?’ यमदूतले भने । 
‘त्यही संविधानसभाको म्याद थप्ने बानी भएर त आफ्नो म्याद पनि थपेको नि’ नेता जी फुत्किन खोजे ।
‘हुँदैन हुँदैन । मिल्दैन । हामी नेपाली जनता जस्तो कहाँ हो, जतिपल्ट थपे पनि केही नभनी बस्ने ? हिंड हिंड जाउँ….’ यमदूतले फेरि हात समाते ।

‘जान्न……जबर्जस्ती ग¥यौ भने मार्शल लगाउनुपर्ला…।’ नेताजीले फेरि तर्साए ।
‘के को मार्शल ? घ्याम्पो जत्रो भूंडीमा बजाऔं मूसलले …’ यमदूतले खाऊँला झैं गरेर ताके ।
‘हैन हैन…..त्यसो नगर्नोस् । हेर्नोस. मेरो त जिउँदैमा श्राद्ध पनि गरिसके जनताले, संविधान नबनाएको भनेर । त्यसैले एकपल्ट म्याद थपेको छु । पर्खनोस्….’ नेताजीले हात जोडे ।
‘म्याद सकिएपछि कसरी थप्न मिल्छ ? म्याद सकिएको पुरानो औषधी फालेर नयाँ ल्याउने कि त्यसैको म्याद थपेर खाने हँ ? यो नमिल्ने कुरा । हिंड हिंड जाऔं….’ यमदूतले फेरि ताने ।
‘यहाँ त सबथोक मिल्छ । कसैले केही भन्दैन । त्यसमाथि संविधान नबनाएको भनेर मेरो श्राद्ध पनि गरिसके । मरेजस्तै भएन र ?’ नेता जीले अर्को जुक्ति निकाले । 
‘हुँदैन हुँदैन । लौ हिंड….’ यमदूत अलि रिसाए । 
‘नाईं जान्नँ । जान्नँ । म्याद थप्नोस् प्लीज मेरो…’ नेताजी चिच्याउन थाले ।

‘हैन……भात खाने बेला भैसक्दा अझै सपना देखिरहनु भएको छ है तपाईं । ग्याँस सिद्धेको रैछ । जानुस् ग्यास किनेर ल्याउनोस् ।’ श्रीमतीको आवाज सुनेर नेताजी झल्याँस्स भए । 
‘ग्यास सिद्धियो रे । खै सिलिण्डर लेऊ म त्यसको पनि म्याद थप्दिन्छु ।’ नेताजी फेरि पल्टे । 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना
फेसबुकमा हरियो सारी र फुलेको दारी !

फेसबुकमा हरियो सारी र...

मिलन तिमल्सिना