सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुलङ्घार ! 

Nepal Telecom ad

शहरभरि ३३ किलो सुनको व्यापक चर्चा छ । को होला यो सुन तस्कर ? यो तस्करीमा को को लागेका होलान् ! height= {{read_more}} सबैको चासोको विषय र दैनिक पत्रिकामा खबर छापिएकै अवस्थाम मन्त्रालयमा आज यससँग सम्बन्धित सबै निकायका पदाधिकारीहरूलाई कडा निर्देशन आएको छ– यस घटनामा दोषी कसैलाई नछोड्नू । चाहे सिंह दरबारका हुन्, चाहे बालुवाटारका हुन् वा शितल निवासका हुन्, कानूनले दोषी देखाएका सबै, सर्वसाधारण नागरिक सरह दोषी हुन् । तपाईंहरूलाई मेरो पूर्ण साथ र समर्थन छ । जनतामा प्रहरी र राजनैतिक दलप्रति विश्वासको खडेरी परेको बेला यतिखेर यो घटनाको सत्यतथ्य पत्ता लगाएर विश्वास जित्नु पर्ने अवस्था पनि हो ।

यस घटनामा एकपछि अर्को सफलता प्राप्त गर्दै गएका प्रहरी उपरिक्षक प्रताप थापालाई आजको निर्देशनपछि दोधार भएको छ । प्रतापसँग थुप्रै प्रमाणहरू जुटेका छन् । ती प्रमाणहरूका बारेमा को सँग छलफल गर्ने भन्नेमा पनि उनलाई दोधारमा छ । प्रहरीका उच्च अधिकारीहरू, गृह प्रशासनका कर्मचारीहरू,नेताहरू एक से एक यस घटनामा मुछिएको प्रमाण छ । आज प्राप्त प्रमाणले त्यसभन्दा पनि माथिका अति महत्वपूर्ण व्यक्तित्व मुछिन आएपछि प्रतापलाई दोधार भएको छ । आफ्नै टोली लिएर नियन्त्रणमा लिने वा त्यस्ता व्यक्ति संलग्न भएको जानकारी माथिल्लो निकायमा दिने भन्नेमा दोमनदोमन हुँदाहुँदै प्रताप आफ्नो टोलीलाई नेतृत्व गर्दैमन्त्रीक्वार्टर छिर्छन् । प्रतापसँग गएका अन्य सदस्यहरूलाई कसलाई पक्रन जाँदैछौ भन्ने केही थाहा छैन ।

रातको ११ बजे मन्त्रीक्वार्टर पुगेपछि गाडि सिधै मन्त्रीज्यूको क्वार्टर अगाडि रोकिन्छ । प्रतापले सबैलाई शतर्क रहन आदेश दिन्छ । प्रतापमन्त्रीज्यूको स्वकीय सचिवलाई मन्त्रीज्यूलाई भेट्न आएको भनेपछि भित्र जान स्वीकृति दिन्छ र प्रताप एक्लै भित्र जान्छ । 
–जयनेपाल सर ।
–जयनेपाल । केही थप समाचार छ प्रताप जी ?
–९८५१०९९७…, यो हजुरकै नम्बर हैन हजुर ?
–यो पनि हो । के भयो यो चाहिं नम्बरलाई ?

(ठीक त्यतिखेरै प्रहरी प्रमुखको मोबाईलबाट गृहमन्त्रीलाई र प्रहरी प्रमुखको सचिवालयबाट प्रतापको नम्बरमा फोन आउँछ तर दुवैले फोन काट्छन् ।)

–माफÞ गर्नुहोला हजुर । हाल पक्राउमा परेका हाम्रा उच्च पदाधिकारीसँग यो नम्बरबाट बारम्बार कुराकानी भएको छ हजुर । पहिलो भरियाको हत्या भएको दिनदेखि पछिल्लो घटनाक्रमसँग यो नम्बर बारम्बार जोडिन आएको छ । यो घटनामा हजुरको पनि…..

प्रतापले यति भन्न पाउँदा नपाउँदै मन्त्री जंगिन्छन् ।

–ए कुलङ्घार ! ए सन्दिप ! तल झर् । कुलङ्घार ! मेरै घरमा सर्प रहेछ, म देशभरि सर्प खोजेर बसेको छु । तँ जस्ता छोरा हुनुभन्दा त मरेकै बेस । तँ आफै आउँछस् कि घोक्रेठ्याक लगाउन लगाउँ ?

प्रताप मन्त्रीक्वार्टरबाट सन्दीपलाई लिएर बाहिर निस्कदै गर्दा प्रहरी प्रमुख मन्त्री निवासभित्र पस्छ । दुवैको गाडी रोकिन्नन् ।

घाम अस्ताएर उदाईसक्यो तर प्रताप आज आफ्नो सफलतामा सन्तोष लिएर ढिलो गरी उठ्यो। बिहान उठ्नासाथ चियासँगै राखिएको पत्रिकामा आँखा पुग्यो र प्रतापको मुटुको चाल एक्कासी उकालो लाग्न थाल्यो । लेखिएको थियो– सन्दिप रिहा । महिनौं अघि हराएको मोबाइलमा भएको कुराकानीको आधारमा बिना प्रमाण मन्त्रीज्यूको सुपुत्रमाथि गरिएको दुव्र्यवहारका कारण प्रहरी उपरिक्षक प्रतापलाई सो जिम्मेवारीबाट हटाई प्रहरी मुख्यालयमा सोधपुछका लागि …….।

(कथाको पात्र र कथासँग कसैको मेल खान गएमा संयोग मानिनेछ ।)
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
होलीका तीन गाेली

होलीका तीन गाेली

आनन्द श्रेष्ठ