सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आधुनिक रामायण

Nepal Telecom ad

रामबहादुर विष्ट वनवास गएको पनि डेढ दशक भैसक्यो । सीताकुमारी विष्टलाई घरमा एक्लै छोडेर वनवास लागेका रामबहादुर विष्ट समस्या र वाध्यतालाई बिर्सदै उतै आनन्दित हुन थाले । {{read_more}}

जब रामबहादुरले नयाँ सीताकुमारी भेटे तपोबनतिरै, खर्चपानी पठाउने काम बाहेक बाँकी समय बिर्सदै गए घरकी सीताकुमारीलाई ।

यता घरमा रामबहादुरले वास्ता गर्न छाडेपछि सीताकुमारीले पनि रावण सिंहसँग पिरती गाँसिन् । उनलाई पनि माया गर्ने रामबहादुरको खाँचो त हुने नै भयो ।

यता रावण सिंहको न लंका छ न त शिंहासन नै । तर सीताकुमारीले रामबहादुरले पठाएको घर खर्च जोहो गरि रावण सिंहलाई घाँटीमा दुईचार तोला सुनको सिक्री बनाइदिएकी छिन् ।

यसपाली अलि ठूलै रकम जम्मा गरेर रथ नै नभए पनि रावण सिंहलाई पल्सर किनेर पल्सरमै आफ्नो चीरहरण गराउने सीताकुमारीको योजना थियो ।

यसपाली सीताकुमारीले रावण सिंहलाई पल्सर किनिदिइन् आफ्नो चीरहरण पनि रावण सिंहबाट गराइन् ।

फेसबुकको मेसेन्जरमा रामबहादुरलाई सीताकुमारीको चीरहरण भएको खवर दिएका छिमेकीसँग रामबहादुर खुब हाँसे । कुचोले बडार्नु पर्ने कसिङ्गर हावाले उडायो भनेर ।

आधुनिक रामायणमा न सीताकुमारीलाई रामबहादुरको चिन्ता र माया छ, न त रामबहादुरलाई सीताकुमारीको ।

रावण सिंहको चरित्रमा पनि परिवर्तन आएको छ । रावण सिंह सीताकुमारीको अपहरणमा परेका छन् ।
जनक कार्की

Fitkauli Publication Books comming soon
Nepal Telecom ad