सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुम्ले दादा

Nepal Telecom ad

एउटा बलियो बाङ्गो भिखारीले height=
अर्को ख्याउटे भिखारीको थाल झम्टँदै भन्यो
तैँले मेरो प्रदेशलाई हप्ता तिरेको खै ? {{read_more}}
उसले आफ्ना सेनालाई आदेश दिँदै भन्यो
ए केटाहरू हो यसलाई यहाँबाट बोक
कुनामा लगेर दुईचार मुक्का ठोक ।

हवस् कुम्ले दादा भन्दै एक हुल सेना आए
उसलाई दुई चार के, दशबीस भाटा लाए ।
एक छिन पछि अर्का हुल सेना आए
साथमा होचो होचो मान्छेलाई पनि ल्याए
एउटाले उसलाई मुन्टाउदै जाहेरी ग¥यो
कुम्ले दादा ! यसले हाम्रो प्रदेशमा एक महिनासम्म माग्यो
तर कुनै ट्याक्स नतिरी भाग्यो
भन्नुस् सरकार ! यसको पनि हातका औंला काटी दिऊँ
कि यमलोकको टिकट काटी दिऊँ ।

कुम्ले दादाको आदेश आयो—
यसलाई पनि आज राती यहीं रोक र बाँधेर सयकोर्रा ठोक ।
त्यसपछि दश–बाह« बर्षकी बालिका आई
रुँदै कुम्ले दादाको खुट्टा समाई, र भनी—
मालिक मलाई बचाउँनुहोस्
हजुरले भनेपछि मैले पैसो पनि दिएँ
यो कलिलो शरीर पनि दिएँ
हजुरको लागि खेलौना भएँ
हजुरकै आदेशमा देशी बिदेशीको सेवामा पनि गएँ
तर त्यो डेक्चीले मलाई
हरेक रात बलात्कार ग¥यो
मलाई ठुलो अन्याय प¥यो
हजुर जहाँ भन्नु हुन्छ म बसेर माग्छु
नत्र सरकार, यो प्रदेश छोडेर भाग्छु ।

कुम्ले दादाले त्यो फुच्चीको आँसु पुछ्दै भन्यो
त्यो डेक्चीलाई तुरन्त बाँधेर राख आज
त्यसको मर्मत म आपैंm गर्छु भरे साँझ ।
त्यो कुम्ले दादाको पारा गजबको लाग्यो
त्यसको शासनकला झन् गजबको लाग्यो
फुटपाथे ज्योतिषि भन्थे— त्यो कुम्ले दादा
पक्का छ, यो देशको प्रतिष्ठित ब्यापारी बन्छ,
अनि साँसद पद किन्छ, नेता बन्छ, मन्त्री बन्छ
हेर्दै जानुहोला—
एकदिन त्यो कुम्ले दादा
गणतन्त्र नेपालको प्रधानमन्त्री बन्छ बन्छ ।

दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे