वा एक पटक काठमाडौं आइदिनु पर्यो
यी वज्रस्वाँठहरूलाई सम्झाइदिनु पर्यो ।

आगाले पोले जस्तै भइरहेछ यो छाती
सम्झे ठिकै छ नसम्झे हप्काइदिनु पर्यो ।

उस्तैगरी जतिबेला म स्कुल जान्न थिएँ
कन्सिरीका रौं समातेर हल्लाइदिनु पर्यो ।

काँक्रो चोर्दा जसरी यो शिर झुकेको थियो
समाज अघि उस्तैगरी तर्साई दिनु पर्यो ।

तपाईंसँग हजारौंहजार तरिकाहरू छन्
थोरबहुत नैतिक शिक्षा पढाइदिनु पर्यो ।

चितवन