रहर पनि एक प्रकारको अम्बल हो । एउटाको रहर गरेर सकिनासाथ अर्काको रहर गर्न मन लाग्छ । रहर छिनछिनमा, दैनिक र सधैँभरि लागि रहन्छ । वाञ्छित रहर  पुरा हुने बित्तिकै अर्को रहरले ङिच्च दाँत देखाइसकेको हुन्छ । त्यसैले मान्छेहरू रहरप्रति लोभिन्छन्, हुरुक्क हुन्छन् र रहर पुगेपछि फुरुक्क पनि ।

रहर फरकफरक, भिन्नभिन्न स्वभाव र अलग आचरणका हुन्छन् । कसैलाई जहर खाने रहर चल्छन्, त कसैलाई सहर खाने रहर चल्छ । जनप्रतिनिधि बनेर सहर, प्रदेश, देश आफ्नै मात्र हो झैँ गरेर कुखुरे छाती देखाएर जोरी खोज्नेहरू हाम्रै वरिपरि अन्मरी राखेका छन् । उसलाई त्यसै गर्न रहर लाग्यो ग¥यो । त्यस्ता गतिविधिसँग चित्त नबुझेर कसै कसैलाई पाखुरा सुर्किन रहर चल्ला । हरेक मान्छेहरू हरेक प्रकारका रहरका फन्दामा फसेका हुन्छन् । जुन एक अर्कामा मिल्न या नमिल्न पनि सक्छ ।

मान्छेका स्वभाव अनुसार रहर पनि फरक हुन्छ । कसैलाई वाइड बडी जहाज खाने रहर चलेको हुन्छ भने कसैलाई न्यारो बडी जहाज । जस्तो रहर ग¥यो त्यस्तै खान सकिन्छ । मात्र रहर गर्न सक्नु प¥यो । रहर मर्नु र आफू मर्नु एकै हो– त्यसैले बाँचुन्जेल, सकुन्जेल, सम्झिउन्जेल रहर गरौँ । रहरको पालनपोषण, परिचालन र पेवा बनाऔँ । तब मात्र रहरले सही मार्ग समाउन सक्छ ।

रहर गर्न कुनै कहर व्यहोर्नु पर्दैन । बरु रहर पुरा गर्न चाहिँ ठूलै बुहार्तन व्यहोर्नु पर्ने हुन्छ । रहर समान प्रकृतिको र एकै प्रवृत्तिको हुन्छ । जस्तो नेपालका सुरक्षाकर्मीले देशको रक्षा गर्नु र अमेरिकी सुरक्षाकर्मीले त्यस देशको रक्षा गर्ने रहर गर्नु एक प्रकृति र एकै प्रवृत्ति मान्न सकिन्छ । नेपालका तरुनी तन्नेरीले एक अर्कामा माया प्रेम गर्नु र अर्का देशका तरुनी तन्नेरीले एक अर्कामा समर्पण भाव दर्शाउनु एकै प्रकृति र उस्तै प्रवृत्ति मान्न सकिन्छ । अलग इच्छा आकांक्षासँगै अङ्कुरित हुने रहरले कसैलाई देशै छोड्न मन लाग्छ त कसैलाई एउटै देशमा भेडो बसेझैँ बसेको बसेकै गरेर प्राण त्याग्न रुचाउने र कोही देशशेष माया मारेर सन्तान दरसन्तानलाई छायाँमा पारेर बाँच्न, नाच्न रुचाउने, रहर गर्नेहरू पनि कम छैनन् ।

मान्छेमा जब रहर चल्छ तब यस्तै चल्छ भनेर अग्रिम ठोकुवा गर्न सकिँदैन । रहरलाई पवन प्रजातिमा राखे पनि हुन्छ । हावा कतिखेर कस्तो चल्छ के थाहा । रहर पनि त्यस्तै हो । मान्छे बाँचुन्जेल केही न केही रहर गरिराख्छ । तर कस्तो रहर गर्छ के रहर गर्छ कति रहर गर्छ उसका हरेक व्रिmयाकलापले बताउँदै जाने कुरा हो । भर्खर बाँचिराखेको मान्छे एकाएक आत्महत्याको शिखरारोहण गरेर विश्वबाट बिदा लिने रहर गर्न सक्छ । कोही मर्ने, मार्ने, अप्ठ्यारो पार्ने, यी सबै सत् असत् रहरकै प्रजातिहरु हुन् । जुन जहिले जता जसले जसलाई पनि अभरमा पार्ने रहर गर्न सक्छ । रहरको न सिङ न पुच्छर, न शुरु न अन्त । रहर आकाश जस्तै अनन्त र अन्तहिन हुन्छ ।

रहरहरू सामान्य, सिम्पल र रुचीकर नहुन पनि सक्छ । घरमा भइराखेकी जल्दीबल्दी स्वास्नीलाई बिर्सिएर अर्को भिœयाउनु पनि रहर नै हो तर यस प्रकारको रहरले कसैको भुइँमा खुट्टा हुँदैन भने कसैको जिन्दगी चाहिँ घरको न घाटको बनिसकेको हुन्छ । एउटाको खुशीले अर्कालाई डसी राखेको हुन्छ । हुँदाछँदाको पोइ छोडेर मुख मोडेर अर्कैसँग अन्मरिनु पनि रहरै हो । आफ्ना रहरले अर्कालाई जहर पिउन बाध्य पार्नु कस्तो लाचार रहर ? रहरै रहरमा माया प्रेम बसाल्नु, हारजितमा आँसु खसाल्नु । रहरले रुवाउँछ र खुसी पनि पार्छ । सारो गारो, अप्ठ्यारो जस्तो विकट अवस्थामा पनि चल्ने रहर बिहान, दिउँसो, बेलुका, मध्यरात, घर, घाट जता पनि प्रकट हुन सक्छ । रहर ठाउँ न ठहर । परिवार पालन पोषण गर्ने सम्पत्ति हुँदैन, आङ छोप्ने लत्ता कपडा हुँदैन, ओढ्ने ओछ्याउने धजो हुँदैन, तै पनि सन्तान सिर्जना गर्ने रहर चल्छ । त्यसो त रहरै म¥यो भने संसार कसरी चल्छ ? जसरी हावा बन्द भयो भने जीवन चल्दैन त्यसैगरी रहर बन्द भयो भने संसारै चल्दैन । त्यसैले रहरलाई सामान्य र सानो नसोचौँ । रहर ठूलो कुरा हो । रहर मात्र गरे पनि मान्छेले लामो फड्को अड्को पार लगाउन सक्छ ।

रहर अग्रगामी तत्व हो । यसले हर्दम अगाडि बढाउँछ । उदाहरणका लागि कन्या कुमारीलाई विवाह गर्न रहर लाग्छ । पछि विवाहले मात्र चित्त बुझ्दैन । एउटा पिउसो पैदा गर्ने रहर लाग्छ । एउटामा मात्र रहर खुम्चिएर बस्दैन । छोरै छोरा छन् भने छोरीको रहर चल्छ । छोरी छोरी छन् भने छोराको रहर लाग्छ । हजुरबा हजुरआमालाई नाति नातिना देख्ने रहर लाग्छ । लाउन खान हिँड्न, खेल्न, हाँस्न, नाच्न, रुन, माग्न, दिन, लिन, बाँच्न, मर्न, ठूलो हुन हरेक प्रकारका गतिविधि रहरकै उपज हुन् । रहर नलाग भनेर पनि हुँदैन र लाग भनेर पनि हुँदैन । रहर आफूमै उदाउँछ र आफूसँगै अस्ताउँछ ।

रहर अन्तरात्माबाट प्राकृतिक रुपले प्रष्फुटित हुने कुरा हो । रहर गर्दैमा प्राप्ति पक्का हुँदैन । नेपालका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई विवाह गर्ने रहर चलेन होला त ? एउटा हरिकङ्गाललाई आलिसान बंगला र अकुत सम्पत्ति जोड्ने रहर चल्दैन होला त ? त्यस्ता नपुंसक रहर पानीको फोका जस्तो हुन्छ । अहिले छ एकछिनमा छैन । त्यसैले रहरले निरन्तरता र सार्थकता पाउनु वाञ्छनीय हुन्छ । खुट्टा नभएकालाई खुट्टा टेक्ने रहर, नदेख्नेलाई देख्ने रहर, लेख्न नजान्नेलाई लेख्ने रहर, नदेखेको ठाउँ देख्ने रहर । यिनै यस्तै रहरै रहरका शृङ्खलाको ताँतीले नै मान्छेले भलीभाँती प्रगतिका ड्याङहरु तयार गरेका हुन्छन् । तिनै ड्याङबाट रहर पिपासुहरू आवश्यक पर्दा रहरका भकारीहरु भर्ने र फुटाउने गर्छन् ।

रहर बच्चालाई पनि लाग्छ । पेटभरि रसवरी, मिठाई खान पाए बच्चाले भात खाने भोक लागेको पत्तै पाउँदैन । रहरकै कारण नयाँ नयाँ ग्रहहरुको खोजमा वैज्ञानिकहरुले राम्रोसँग निदाउन पाएका छैनन् । नयाँ नयाँ प्रविधिले भरिएका यन्त्र उपकरणहरु वायुमण्डलमा बण्डलका बण्डल ठेलिराखेका छन् । एउटा वैज्ञानिकले सूर्यको तापव्रmमको गतिविधि नियाल्ने प्रयत्न गरिराखेको छ भनेर अर्को वैज्ञानिकले चन्द्रमाको चारै पाटो नियाल्ने बाटो खोजिरहेको छ । रहरै त हो जसले जे जस्तोसुकै विकट रहर गर्न पनि टिकट लाग्ने होइन । यस्तो असम्भव रहर किन गरिस् भने कसैले भन्नेवाला पनि छैनन् भने हामीले रहर किन नगर्ने ? त्यसैले आफूले जाने बुझे र सक्दो भरपर्दो रहर नमर्ने गरेर रहर गरौँ । जन्मिए, अन्मिए देखि नमरेसम्म रहरै रहरको बजारमा रहरै रहरको व्यापार गरौँ ।

असन्तोषी मान्छेका उदेकलाग्दा रहरले नै रहर पुरा गर्न बाँचौँ–बाँचौँ नाचौँ–नाचाँै र हाँसौँ–हाँसौँ लाग्छ । झरिलो, रसिलो, पोसिलो रहरले नै जिज्ञासुलाई गन्तव्यमा पु¥याउँछ । रहर विनाको मान्छे विष विनाको सर्प जस्तै हो । विष विनाको सापको ताल हेर्दाहेर्दै तालको माछाको हाल हुन्छ । माछालाई कसले काखी च्यापेर राख्छ र भुटभाट कुटकाट पा¥यो खायो । त्यसैले रहरै रहरको खेती जसले गर्न सक्छ उसले नै विश्व विजेताको पगरी गुथ्न सक्छ । तसर्थ रहर पालौँ, रहरमा मलजल हालौँ र रहरको जोड जगेर्ना गरौँ, रहर हुर्काऔँ र रहरै रहरमा आफूलाई समाहित गरौँ ।

शिवशक्ति मार्ग, फूलबारी, पोखरा–११, कास्की
फोन : ९८०६६७७५९४