सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सपथ

Nepal Telecom ad

अग्निलाई  height=
साक्षी राखेर 
जललाई {{read_more}}
सिंचन गरेर 
भाकेको सपथ 
आजभोलि
किन शिशा फुटेझैं
झर्याम्म फुट्छ ?!

गीता, कुरान 
र बाईबललाई
हातले छोएर
सत्य, निष्ठा
र इमानको लागि
खाएको सपथ 
आजभोलि
किन टुङ्ग्नाको 
तार टुटेझैं 
कड्याक्क टुट्छ ?!

अनि संबिधान 
शिरमा राखेर 
देश र दुनियाँको 
हितको लागि 
खाएको सपथ 
सोझो रेखाका
पद(चिन्ह त्यागेर
बाहकहरू 
किन बक्ररेखालाई
अँगाली रहेछन् ?!
विचार गर, 
सपथको श्राप लाग्ला भनेर !

तर, डोल्मा र फुर्पाले
हिंउको चिसोमा
चौंरी चराउँदै
लाएको मायाँ पिरती 
फुलमाया र पूर्णले
पहाडी भाकामा
घाँसदाउरा गर्दै
गाँसेको लगनगाँठो
अनि मधेसको गर्मीमा
फूलमती र रतनले 
उखु र तोरीबारीमा
पसिना चुहाउँदै 
संगसंगै बुनेको सपना
आहा ! कति सुन्दर 
कति रहर लाग्दो !
त्यहाँ
न सपथ, न कपट
न घात, न प्रतिघात 
चन्द्र–सूर्यलाई
साक्षी राखेर
खुल्ला आकाशमुनि
शुद्ध मनले
आफ्नो माया
र माटोको इज्जत
तिनैले जोगाए 
र तिनैले जोगाई रहे
युग युगदेखि
युग युगसम्म !

पुस २२ २०७५
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’