दिने हुन्छ उस्तै लिने पुग्छ माथि 
हिँडेको नभै रोकिने पुग्छ माथि

बगेको नदी पुग्छ मन्दाकिनीमा
जमेको उहीं पोखिने पुग्छ माथि

यहाँ रीति यस्तै चलेको छ साथी 
सधैँ आत्तिने मात्तिने पुग्छ माथि

हिजोका सबै दौड हाथ्र्यो खरायो 
सिमाना मिची दौडिने पुग्छ माथि

कसी योग्यताको हरायो कि क्या हो ?
ठूलो शक्तिले तानिने पुग्छ माथि ।

सुर्खेत