सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आधुनिक स्वस्थानी

Nepal Telecom ad

कुमारजी आज्ञा गर्नुहुन्छ– ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको फोटो, {{read_more}} परिवार देखाउन चाहनेले परिवारैको फोटो,  height=पति या पत्नी नहुनेले गर्लफ्रेण्डरब्वाइफ्रेण्डको फोटोलाई सामाजीक सञ्जालमा राखेर दुनियालाई देखाउने दिन हो यो भ्यालेन्टाइन डे नाम दिइएको दिन ।

अहिलेका केटाकेटीहरुले हरेक वर्ष फेब्रुअरी १४ मा पर्ने यो दिनलाई गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउन प्रस्ताव राख्ने दिनका रुपमा पनि उपयोग गर्दै आएका छन् ।

कुमारीजीका कुरा सुनेपछि अगत्स्यमुनी सोध्नुहुन्छ–‘प्रभो, आज फोटो फेसबुकमा नटासेमा समाजबाट बहिष्कारैमा परिने भइयो भन्ने खबर मर्त्यलोकबाट भरखरै आएको छ । के गर्दा ठीक होला ?’
कुमारजी फेरि आज्ञा गर्नुहुन्छ–‘हेअगत्स्यमुनी , साँचो मायाँ गर्नेले ३६५ दिननै गर्छन् । एक दिन फेसबुकमा फोटो टाँस्दैमा मायाँ हुने होइन । सुन्दैछु, मर्त्यलोकमा यो दिन नाटक धेरै हुन थाल्यो रे । कसैले वहिष्कार गर्दैमा वहिष्कृत होइदैन । साँचो मायाँ गर्नेका लागि पुरै वर्ष र जुनिजुनीसम्म ठाउँ खाली छ ।

‘लौ प्रभु त्यसो भए यो दिनको बारेमा पनि अलिकति प्रकाश पारिदिनुपर्यो,’ अगत्स्यमुनी आग्रह गर्छन् ।

कुमारजी फेरि आज्ञा गर्नुहुन्छ–‘हे अगत्स्यमुनि भ्यालेन्टाइन डे का बारेमा मलाई पनि त्यति जानकारी त छैन । किनभने यो ख्रिस्तान समुदायमा मात्र व्याप्त थियो पहिले । अहिले संसारभरि अरु धर्ममा विश्वास गर्नेसम्म फिजिएछ । मैले भरखरै गुगल गरेर यसबारेमा रिसर्च गर्दा सन्ट भ्यालेन्टाइन नाम गरेका एकजना पादरीले सिपाहीसँग लुकेर बिहे गर्छन । जुन तथ्य पछि खुल्छ । भ्यालेन्टाइनलाई फाँसी दिइन्छ । एउटा प्रेमीले गरेको प्रेमको बदलामा उसलाई फाँसी दिएर विछोड गराइन्छ । त्यसै दिनदेखि उनको सम्झनामा भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो । यो चाड विछोडको प्रतीकका रुपमा छ । तर अहिले मिलनको प्रतीकका रुपमा पो अघि बढिरहेको छ ।’

‘हे अगत्स्यमुनि, यो फेसबुक भन्ने जिनिसले गर्दा पनि यो चाडमा धेरै नौटंकीहरु देख्न थालिएको छ । मुख्यकुरा पति–पत्नीबीचको मायाँ ममता भन्ने कुरा दुनियालाई देखाउनुपर्ने, सार्वजनिक गरिरहनुपर्ने विषयनै होइन । तैपनि सामाजीक सञ्जालको विकास र विस्तारले गर्दा धेरैलाई आफ्नो दम्पत्ति देखाउने अवसर मिलेको छ । भ्यालेन्टाइन डे लाई यसैका रुपमा बुझिदिनुपर्ला ।

आजै बिहान एउटा बडो रमाइलो घटना भएछ । हे अगत्स्यमुनि, त्यो पनि सुनिहाल । मेरी पत्नी देवसेनालाई पनि बडो सकसक लागेछ यो भ्यालेन्टाइन डे का बारेमा । उनी पृथ्वीलोकको पोखरा भन्ने नगरमा झरिछन् । अझ लेकसाइड तिर हेर्न मन लागेर त्यता जाँदै रहिछन् । एउटा पसलमा साह्रै भीड देखिछन् । के रहेछ भनेर त्यहाँ पसिछन् उनी । त्यहाँ त गुलाफका फूल किन्न केटाकेटीहरुको भीड पो रहेछ ।

देवसेनालाई पनि एउटा गुलाफको बुकी किनेर मलाई दिने रहर जागेछ । उनले मूल्य सोधिछन् । पसलेले त्यसको मूल्य पाँचहजार रुपैयाँ भनेछन् । 
‘ओहो एउटा बुकीको ५ हजार ?’ देवसेना सोध्छिन् ।

‘हजुर ५ हजार । यो त फ्रान्सबाट आजै बिहान आइपुगेको हो,’ पसललेले जवाफ दिएछन् ।

‘अलिकति मूल्य घटाउन मिल्दैन ?’ देवसेनाले सोधिछन् ।

पसलेले यसो तलदेखि माथिसम्म देवसेनालाई नियालेर हेरेछन् । पसलेले ओठ लेप्राएर भनेछन्–‘आन्टी ५ हजारबाट एक रुपैयाँ पनि घट्न मिल्दैन । यो गुलाफको बुकी त २५ वर्षभन्दा मुनिका युवतीहरुका लागि हो । तपाईका लागि त नारी दिवस आउदैछ ।’

देवसेनालाई पसलेले बुढी भनेकोमा झोक चलेछ र लात्ति बजार्दै त्यहाँबाट दम्पत भएर यहाँ आइपुगिन् ।

‘लौ हेर अगत्स्यमुनि, यो चाड मेरा पिता महादेवको भूमि भनेर चिनिएको नेपाललोकमा झनै विकृत रुपमा अघि बढ्दै रहेछ । आजलाई यतिनै आज्ञा गरेँ मेले । इति श्रीस्कन्दे, केदारखण्डे, माघ महात्मे….. ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad