सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होली आयो होली आयो

Nepal Telecom ad

 height=होली विशेष ::

रङ्गिबिरङ्गी रूप लिएर आज अनौठो होली आयो
आफ्ना संस्कृति ध्वस्त बनाई पोल्ने आगो होली आयो {{read_more}}
आफ्ना पौरख टाढै राखी छिमेक पोस्ने होली आयो 
रङ्ग उनैका ढङ्ग उनैका नक्कल गर्ने होली आयो

’होली आयो’ भेस्ट बनेर भेष उतैको आयो आयो
नेपालीको रहर बनेर नगद बगाउन होली आयो
अलिकति मदिरा,चिउरा,मासु,घोट्टा भाँग रमाउन आयो 
अलिकति बेढङ्गी, बेशर्मी नाच र हल्ला होली आयो्

हल्ला आयो सडक शहरमा उच्छृङ्खलता नाङ्गै आयो
फागु गाउँदै अबीर खेल्ने शिष्ट संस्कृतिले भाँगै खायो
घरको के हो परको के हो नाफा के हो घाटा के हो? 
चेत हरायो अन्तबाट नै आयो रङ्ग र रङ्ग हरायो

शिक्षा,संस्कृति,सोच अरूकै आयो त्यसले ढाक्दै आयो
सोच गुमेका नखरा गर्ने जमातको यो बन्दै आयो
जस्तो लाए, खाए पनि भो जे बोले पनि लाग्छ सुहायो 
सोच गुमेको दास अरूकै बन्ने मान्छे आज रमायो

भविष्य आफ्नो बिर्सी सारा पिएर मदिरा खूब रमायो
हाँस्दछ, मस्त छ भन्छ खुशीले होली आयो होली आयो
आउनुपर्ने फागु पुरानो, सोच नयाँ अलि उच्च थियो
कुन्नि के भयो सोच पुरानो, नयाँ बनी यो विकृति आयो ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म त हाँसेको हाँस्यै

म त हाँसेको हाँस्यै

डिल्लीराज अर्याल
किसान मृत्यु-ओखति

किसान मृत्यु-ओखति

डिल्लीराज अर्याल
अब सम्धीहरूको पालो

अब सम्धीहरूको पालो

डिल्लीराज अर्याल
फैलिएको छ त्रासदी

फैलिएको छ त्रासदी

डिल्लीराज अर्याल
यो जाली कि त्यो जाली…

यो जाली कि त्यो...

डिल्लीराज अर्याल
अ आ इ ई को ई

अ आ इ ई...

डिल्लीराज अर्याल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला