सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनुपममा गीति गुञ्जन 

Nepal Telecom ad

 height=अनुपम सिर्जना प्रतिष्ठान नेपालको ८३ औँ शृङ्खला प्रतिष्ठानका संस्थापक उपाध्यक्ष विनोददेव पन्तको अध्यक्षतामा काठमाडौंको कलङ्कीस्थित एडमार्क कलेजमा सम्पन्न भयो । {{read_more}} कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष पुरूषोत्तम अधिकारी एवं चन्द्रागिरी साहित्यिक प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी अतिथिका रूपमा मञ्चासिन हुनुहुन्थ्यो । संस्थाका महासचिव जितु खड्काको स्वागत मन्तव्यसँगै रचना वाचन आरम्भ भएको थियो । 

रचना वाचन गर्ने स्रष्टाहरूमा विनुबाबा घिमिरे, सूर्यकुमार पण्डित, विमल अधिकारी, भुवन सिवाकोटी, चूडा निर्भीक, पुरूषोत्तम अधिकारी, जितु खड्का, विनोददेव पन्त, बद्रीप्रसाद अधिकारी, प्रत्यूष खड्का, विनोद कोइराला, निर्मल पराजुली, उत्तम विचार र बासुदेव ठकुरी हुनुहुन्थ्यो । विधागत सिर्जना वाचन अन्तर्गत सबैजसो स्रष्टाले आआफ्ना गीति सिर्जना पस्कनुभएको कार्यक्रममा नयाँ पुराना सबै पुस्ताको सहभागिता रहेको थियो ।

करिब दुई घण्टासम्म चलेको कार्यक्रममा सहभागी स्रष्टाहरूले जीवन, प्रेम, समाजका विसंगति, देशप्रेम एवं विद्रोह चेतनालाई केन्द्रमा राखेर आफ्ना सिर्जनाहरू पस्कनुभएको थियो ।
 
कार्यक्रम समापन गर्दै सभाध्यक्ष विनोददेव पन्तले वर्तमान पुस्ता संवेदनाहीन बनेको र यसमा मानवीय संवेदना भर्न साहित्यले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव बद्रीप्रसाद अधिकारीले गर्नुभएको थियो ।

अनुपमले विगत ६ वर्षदेखि अनवरत रूपमा हरेक महिनाको तेस्रो शनिबार रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आएको छ । 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad