पहाड़ होला तिम्रो लागि, मेरो लागि तिल हो 
लुम्बिनी हो मेरो सन्सार तिम्रो ‘कारगिल’ हो

अरू कुरा असारमा भाड़ में जाये कान्छा 
पास हुनु पर्ने उही प्रभुजीको बिल हो !!

परेवा र ढुकुर ठानी झुक्किएका हामी 
छोप चल्ला, आकाशमा देखिएको चिल हो

अरूलाई के के हुन्छ अरूले नै जानून् 
तिम्रा नयन मेरा लागि दुई सुन्दर झील हो

सपनामा मेरी प्रिया आइन मेरो समीप 
बोलिन्,‘प्यारा, मेरो स्वर्ग सिर्फ तिम्रो दिल हो !’