सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जलमान्डौको जलन

Nepal Telecom ad

 height=मेलम्ची किन चाहियो नगरमा ? खल्ती मुसारे भयो
छेवैमा जल(एटिएम् खुलिसक्यो सिक्का घुसारे भयो {{read_more}}
सुख्खा खाद्य दिँदैछ जो पसलले किन्दै चपाई बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस 
।१।

बोराको सुन चाहिए नजिकमै जाऊ विमानस्थल
पौडी खेल्नुपरे सबै सडकमा निस्शुल्क गङ्गाजल
कागे(स्नान जुरेन दैनिक भने पर्फ्यूम छर्की बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।२।

जोड्दा चार र तीन सात नभई सम्भावना बाह्र छ 
लाग्दा प्यास हँसाउने नजिकमै झन् बालुवाटार छ
पानी सञ्चय गर्नुपर्दछ लुगा छोटा लगाई बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।३।

ताली ठोक्न मिलेछ फुर्सद भने जानोस् खुलामञ्चमा
केजी क्विन्टलले हुँदैन टनको माला रहोस् मञ्चमा
हावा वा जल स्वच्छ खोज्छ जसले कोर्रा र मुड्की कस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।४।

खेलाडी यदि हेर्दछौ त बलिया जाऊ कबड्डीघर 
बाटो तीनकुने हुँदै निकटमै गर्जिन्छ बानेश्वर
हानाहान तथा कुटाकुट भए सेल्फी बटुल्दै बस
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।५।

हाँस्दै अक्षर पस्दछन् कलममा खित्केर हाँस्यो मसी
हाँसोमै कवि लुक्छ हास्यपुरको झर्नाहरूमा पसी
हाँसेको कविता छ हास्यरसमा चाखेर हाँस्दै बस 
फेर्छौ शुद्ध पिसाब पाँच रुपियाँ, थप्छौ दिसा द्यौ दस
।६।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्बहारा

अर्बहारा

हिरा भट्ट
प्रेमपत्र

प्रेमपत्र

हिरा भट्ट
गिलासमा देश

गिलासमा देश

हिरा भट्ट
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल