सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली :: छलाङ !

Nepal Telecom ad

भुक्के चप्पलमा सुक्को आम्दामि नहुने पाँच फेलेलाई उसकि श्रीमति खान खान बोलाउँदा– {{read_more}}
“ए हल्लुँडे ढिँडो हसुर्न आइज !”

केहि समयपछि ढाँटढुँट गरेर उसले ख्वामितको झोला बोक्ने हैसियत बनाइ केहि कमाउने भएसि–
“ए हब्बेका बाउ रोटी खान आऊ !”

ऊ जिल्ला स्तरको नेता भयो,सदरमुकाममा बस्छ, डोजर मालिक समेत, भयो तब श्रीमति–
“रामुका बाबा भात खान आउने होइन ?”
पाँच बर्षपछि, अब ऊ सभासद, ठेक्कापट्टा उसको हातमा, लोकल योजना उसकै, कमाइ महिनाको ५ लाख माथि, तब श्रीमति–
“हे हजुर भुजा लिन आउनु भए हुन्थ्यो !”

आज ऊ मन्त्री, कमाइको हिसाब छैन, कमसेकम पाँच देशमा बैँक खाता छन्, एसि कार चढ्छ । आजकी उसकी श्रीमति–
“ए ज्यु हजुर भुजा ज्युनार गर्न सवारी होइसिने कि ?”

केदार रिमाल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad