सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शहर र मान्छेहरू

Nepal Telecom ad

 height=यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए । {{read_more}}

चुरोट सल्कायो
बट्टा फुत्त सडकमा फाल्यो
चुरोट तान्यो
अनि ठुटो पनि फुत्त त्यहीँ फाल्यो
चिया सुर्क्यायो
गिलास फुत्त सडकमा फाल्यो
सुर्ती चपायो
अनि प्लास्टिक पनि फुत्त त्यहीँ फाल्यो
चटपटे खायो
कागज फुत्त सडकमा फाल्यो
चाउचाउ खायो
अनि खोल पनि फुत्त त्यहीँ फाल्यो
पान खायो
थुक्क गरेर जताततै थुक फाल्यो
खैनी खायो
अनि बट्टा पनि मनपर्दी फुत्त फाल्यो
यत्ति राम्रो शहरलाई
मान्छेहरूले कुरूप बनाए ।

खाजा खायो
प्लेट फुत्त सडकमा फाल्यो
पानी घुड्क्यायो
अनि बोतल पनि फुत्त त्यहीँ फाल्यो
चकलेट खायो
खोल फुत्त सडकमा फाल्यो
भुजा खायो
अनि थुङ्गा पनि फुत्त त्यहीँ फाल्यो
सुन्तला छोडायो
बोक्रा फुत्त सडकमा फाल्यो
पानीपुरी खायो
अनि दुना पनि फुत्त त्यहीँ फाल्यो
यत्ति सुन्दर देशलाई
मान्छहरूले कुरूप बनाए ।

हामी एक दिन
चुरोटका बट्टा
चियाका गिलास
सुर्तीका प्लास्टिक
चाउचाउ र चकलेटका खोल
चटपटेका कागज
खैनीका बट्टा
खाजाका प्लेट
बोतलका डङ्गुर
भुजाका थुङ्गा
सुन्तलाका बोक्रा
र पानीपुरीका दुनाले
घाँटीसम्म पुरिने छौँ
र “गुहार ! गुहार !!” भनेर बेस्करी चिच्च्याउने छौँ
साँच्चै त्यतिबेला हामीलाई बचाउन को आउँछ होला ?

२०७६ फागुन १
काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला