सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थरी थरिका चोरहरू !

Nepal Telecom ad

 height=भोकले, कोहि सिता चोर्छन्
लोभले, कोहि बिटा चोर्छन् {{read_more}}
कोहि भगवानको
फूल र पाति चोर्छन्
कोहि अझै अगाडि बढेर
भगवानको मूर्ति नै चोर्छन्
चोरको कुरा अनेकन छन्
कोहि व्यक्तिको
जायजेथा चोर्छन्
कोहि राज्यको
ढुकुटी नै फोर्छन्
नसक्नेले जाँचमा चिट चोर्छन्
सक्नेले योग्यताको कसी नै चोर्छन्
कोहि नुनको ढिक्का चोर्छन्
कोहि सुनको बिस्कुट चोर्छन् ।

चोरहरू, उहिले पनि हुन्थे
चोरहरू, अहिले पनि छन्
फरक………!
उहिलेका चोरहरू किताव चोर्थे
अहिलेका चोरहरू बिद्द्या नै चोर्छन्
उहिलेका चोरहरू
हुक लाएर थोरै बत्ती चोर्थे
अहिलेका चोरहरू त
बूक गरेर करोडौंको बिजुली नै चोर्छन्
उहिलेका चोरहरूलाई
डामेर पाटा फर्काउँथे
अहिलेका चोरहरू त
चुनावमा टिकट किनेर
अरुलाई नै डामी दिन्छन् ।

उहिलेका चोरहरू
भलै मानिससंग
अलीअली डराँउथे
अहिले मानिसहरू
चोरसंग पो डराउँछन्
के थाहा? भोली यो देश
फेरी फर्केर कतै
उसैले पो चलाउँदैन र भनेर ।

फागुन १०, २०७६
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’