सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छोरा र छोरी

Nepal Telecom ad

छोरा र छोरी एउटै मोहरका दुई पाटा हुन्
आमाले सधैं भात पकाउनु हुन्छ
भात नपकाउने बाले पहिला खानुहुन्छ ।
आमा भन्नुहुन्छ बाले नखाई
हामीले खानु हुन्न, पाप लाग्छ ।

छोरा र छोरी एउटै मोहरका दुईपाटा हुन्
अर्काको घर जाने छोरीले पढेर के लर्छाछन्
आमा भन्नुहुन्छ मेरा बाले त्यसै भन्नुहुन्थ्यो
अहिले कालो अक्षर मेरा लागि भैंसी वरावर
छोरी भएर जन्मे कल्लाई के भन्नु ।

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
वा पनि भन्नुहुन्छ
छोरीको जात आर्काको भित्तो टाल्छे
वंश तार्ने छोरो चाहिन्छ
छोरो नपाउन्जेल व्याउनै पर्छ ।

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
भाउजू पनि भन्नुहुन्छ
छोरीले भात पकाउंन जान्नु पर्छ
छोरीले लिपपोत र कुचो लाउन जान्नुपर्छ
टपरी र दुना गाँस्न नजाने माइतीकोे नाकै जान्छ

छोराछोरी एउटै मोहरका दुईपाटा हुन्
दही दूध सवैलाई मिठो लाग्छ ।
घाँस काट्नु हुन्छ आमाले
भकारो सोहोर्छे बहिनीले
दुध दुहुनुहुन्छ भाउजूले
आमा भन्नुहुन्छ छोराले पढ्नु पर्छ ।

छोरा छोरी समान छन्,
लाउँछन् सबै नारा ।
हल्लाखल्ला उधुम हुन्छ
जन्मियो छोरो छोरो भनि
जन्मिए छोरी मनै अंध्यारो
पार्छन् नसनाता कुटुम्व ।

छोराछोरी बराबरी लाउँछन् धेरै नारा
छोरा फालिएको कतै देखिएन
छोरी फालिन्छिन् नाला ढाला
नारी पुरुष एउटै रथका
भन्छौ दुई पाङ्ग्रा ।

तीनथाना, काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भुइँ नछोड

भुइँ नछोड

गोपीचन्द्र कार्की
श्रीमान्

श्रीमान्

गोपीचन्द्र कार्की
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल