घान्द्रुक र घलेगाउँमा घरभएका घिमिरे, घोराशैनी, घर्ती, घतानी र घलेहरू घुनलागेको घोघामकै घानका घान घिच्न घोडा कुदेझैँ घँुडोमुन्टो घस्दै घोराहितिर घुटुटुटु घुइँकिए । घोराहितिर घोघा मकै घिच्न घुटुटुटु घुइँकिदा घले, घिमिरे, घोराशैनी, घर्ती, घतानीहरू घारीमा घङ्ग्रङ्ग घिस्रेर घुँडामा घाउलागेर घाइते भएछन् ।
घाँटी घ्यारघ्यार घुर्दै घर्ति, घिमिरे, घोरासैनी, घले र घतानीहरू घोराहितिर घुइक्या बेलामा घट्टेकुलो र घण्टाघरछेउमा घर भएका घ्याम्पे र घैँटेहरूले घुस घोटाला गर्न घिरौलाजत्रो घाँटीबाट घिनलाग्दो गरी घरीघरी घुटुक घुटुक गर्दैरहेछन् । घलेहरू घोडाको घाँटीको घण्टी घन्कीएझैँ घन्काउँदै घोराहितिर घुडोमुन्टो गरी घिस्रिउन्जेलमा घैटे र घ्याम्पेहरूले घाम झुल्किनु अघिनै घण्टाघरनेर घुस्रेर घोटाला रकम एक घण्टाभित्रमै घ्वामकी घ्वाम घिचिसकेछन् ।
घरविहिन घाइतेहरूलाई घरी घरी आउने घानासरकारको घतलाग्दो अनुदानलाई घैटे र घ्याम्पेहरूले घाइतेहरूलाई घात गरेर घिउ घिचेझैँ घुटुघुटु घुस घिचेको घातीकुरा घरिघरि घूरघूर्राउने रेडियो घोराहीबाट घण्टौं प्रसारित घटना र विचारबाट घटनाबारे घुइरो–घुइरो थाहा भएसी घाइतेहरू घ्वाँघ्वाँ रूँदै घुत्रुक्कै भएछन् । घुसखोरी घैँटे र घ्याम्पेहरूलाई त घुस्साले घिच्रोमा घिच्याएर घुमाउरो घण्टेकिलाले घाँटीमा घुमाइ घुमाई घोपेर, घाँटी घिटिक–घिटिक घिटीन्जेलसम्म घुमाउँदै घिरौला घारीतिर घिसार्नुपर्नेखालका ।
घण्टाघर नजिक घटियाहरूको घिनलाग्दो र घाटालाग्दो गरी घटेको घटनाप्रतिको घोरआपत्तीबाट घुक्र्याउँदै घनबहादुर घले र धमेश घतानीहरूले घिनलाग्दा घुसपैठ र घोटलागर्ने घँैटे र घ्याम्पेविरुद्ध घरी–घरी घिन्ताङ–घिन्ताङ मादल घन्काएर घरी आन्दोलन, घरी ?घुसखोरीको घर घेराउ गर्ने रे । घुसखोरीकै घरमा घरिघरि इनारमाथि घिर्नी घुसारेर घ्यारघ्यार घुरघुर गरी घुमाएर घरघरमा घैटाका घैटा पानी घिसा¥याछ । घन बजारेर घाइते भएका घले घिमिरे, घोराशैनी, घर्ती र घतानीहरूलाईचाहिँ घर न घाट बनाइदिएछन्, घुस्याहा घ्याम्पेहरूले ।
घुसखोरीप्रति घुरेर घले, घिमिरे, घर्ती, घोरासैनी र घतानीहरू घुरघुर गर्थे– “घुस्याहाहरूलाई घारोमा घिसारेर घुस्सै घुस्साले घुच्चुकमा घिच्याएर घरघरमा घुमाउँदै घिटिक घिटिक घाँटी घिटिन्जेलसम्म घोक्रेठ्याक लगाएर घाटतिर घचेट्नुपर्ने खालका घैटे र घ्याम्पेहरू । घोघामकैभित्र घुन घुसेर घा घुसेर घोघामकैनै घिचेझैँ घुस घोटाला गरि घिच्ने होत ? ”
घुस्याहाहरूलाई घारीबाट घिसार्दै घाटटिर घुस्यानको चितामा घचेटेपछिमात्र घाइतेको घरमा पनि घिन्ताङ घिन्ताङ मादल घन्काउदै नयाँ घामको घमाइलो किरण घुस्छ रे । घर्ती, घोरासैनी, घिमिरे, घतानीहरू घलेको घरमा घुसेर घिरौले घाँटी तन्काउँदै घरिघरि घुस्याहाहरूलाई घुक्र्याउँथे ।

चारघरे, नुवाकोट