सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाती आयो हाती आयो फुस्सा

Nepal Telecom ad

हाम्रो देशका वरिष्ठ इन्जिनियरहरुले एउटा हा्त्ती बनाउने प्रयास गरे । त्यो हात्ती यस्तो अचम्मको, यति अजङ्गको हुने भनेर हल्ला पिटिएको थियो कि त्यो कुरा इन्जिनियरका नेता उपर इन्जिनियरलाई समेत थाहा थिएन । न त यो भारतमा भेटिनेजस्तो हुन्छ, न त चीनमा चर्ने जस्तो नै हुन्छ । यो अफ्रिकातिर उफ्रने जस्तो पनि हुँदैन, बेलायततिर बुर्कुसी मार्ने जस्तो पनि हुँदैन, यो त विश्वमै दुर्लभ मानिने नेपालकै जस्तो हुनेछ भनेर बनाउन कम्मर कसेका इन्जिनियरहरुले भनेका हुन् । आन्द्राभुँडी त थाहा भएन, तर टाउकोबाहेक अरु जम्मै तयार ग¥यौं, टाउको बन्नेबित्तिकै प्रयोगशालाबाट मैदानमा आउँछ रे लम्य्राक लम्य्राक गर्दै !

वा ! कस्तो अचम्मको हात्ती बन्ला त्यो ? हामी पर्खेर बसिरहेका छौं । सामान्यतः हात्ती अठार महिनामा ब्याउनुपर्ने हो तर यो त बयालीस महिनासम्म पनि ब्याउने छाँट देखाउँदैन । नेपालमै नअटाउने ठूलो बन्ने त हैन हँ ! ए, इन्जिनियर साप हो त्यति ठूलो नबनाओ न गाँठे ! हामी कहाँ बस्ने हो र ? जाबो एउटा निकुञ्जको हात्ती बाहिर निस्क्यो भने त कति जनालाई तहसनहस पार्छ अझ तीसबीसे एक जनाले धम्मरधुस लगाएर बनाएको अजङ्गको हात्ती फुस्क्यो भने के गर्ला ? उसमाथि स्वस्थानीको कथामा नवराजलाई माला लगाइदिने जस्तो बौलाहा हात्ती रहेछ भने त झनै खतम !
उहिले नै भिडियो एक्स रे गरेर जेठ चौध गते जन्मन्छ भनेर डेट दिएका थिए डाँकाट्रहरुले ! एक्स रे मिसिन नेपालमै बनेको परेछ क्या बिदेशी ल्याउनुपर्ने हो, डाँकाटर पनि बिदेशबाटै मगाउनु पथ्र्यो बुद्धि पु¥याएनछन् । फेरि भदौ चौध गते भनेका हुन् । यो एक्स रे पनि फेल खाला जस्तो पो छ त ! हैन डेट पनि चौधै गते दिनु पर्ने के रहेछ त्यस्तो, तपाईँलाई थाहा थियो कि ? अब मंसीर चौध, फागुन चौध….फेरि जेठ चौध, अनि चौधै चौध !! न कहिल्यै तेह्र हुन्छ न पन्ध्र नै । हात्तीलेभन्दा हात्ती बनाउनेले धेरै खाइसके । कतिपयले त बान्ता पनि गरिसके तर हात्तीको अझै थात्थलो छैन ।
घाँटीभन्दा माथिल्लो भाग कस्तो बनाउने भनेर चर्काचर्की परेका खबर पनि सुन्नमा आएका हुन् । कतै हात्ती बनाउने लाग्दा बाघ बन्ने त हैन । यदि त्यसो भयो भने बनाएर सिध्याउनासाथ पहिले ती इन्जिनियरहरुलाई नै कोपर्ला नि ! ख्याल त गरेकै होलान् तिनीहरुले । कुनैले सिङ पनि बनाउनु पर्छ भनेर अड्डी कसेका छन्, कुनैले ऊँटको जस्तो घाँटी गराइनु पर्छ नत्र मान्दैनौं भनेर मुड्की बजारेकै छन् । एकथरले सूँढ नभए पनि हुन्छ भनेर डङ्का पिट्छन् भने अर्काथरले देखाउने र लुकाउने छुट्टै दाँतको जरुरत छैन भनेर टेबुल ठोक्छन् । हैन हात्तीलाई हात्ती जस्तो नबनाएर के बनाउन खोजेका हुन् यिनले ? यसो गर्दागर्दै अझ अर्काथरले कान पनि नाङ्लो जत्रो चाहिन्न भनेर कुर्ले भने त्यो जनावर हात्ती हो कि गैँडा, ऊँट हो कि घोडा कसरी पत्ता लगाउने ? हामीले त हात्ती बनाओ भनेर पो पठाएका हौं तिमीहरुलाई ! यस्तै हो भने त तिमीहरुले हात्ती हैन , हात्ती आयो हात्ती आयो फुस्सा !! बनाउन पनि बेर लाउदैनौ । यहाँ हामीहरु दन्तेकथाका राक्षसहरु भैm कहिले हात्ती आउला र मासु खान पाइएला भनेर पर्खिरहने त्यहाँ तिमीहरुले भने यौटा हा्त्ती पनि बनाउन नसकेर ब्रम्हाण्डमै नभएको अनौठो जीव बनाएर पठाइदिने त होइनौ ! अनि हात्ती आउँछ भनेर मुख आँ गरेर बसेकालाई हात्ती आयो हात्ती आयो फुस्सा बनाएर ट्वाँ पार्ने त हैनौ ?
बम्घा, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित