सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महादेव उत्तानो परे

Nepal Telecom ad

कैलाशको सुन्दर महलमा ताण्डप नृत्य मच्चाएपछि महादेव आफ्ना गणका साथ भस्मासुरको तपस्या भङ्ग गर्न हिँडे । भूतप्रेत पिचास वरिपरि लगाएर साँढेमा सवार भै भस्मासुरले तपस्या गरेको वनतर्फ प्रस्थान गरे । उनले साँढे पनि आफू चर्ने बनबाट भस्मासुरले लघारेकाले चूर थियो । हुन त यसअघि पनि महादेवले माले, तारे, जुरेजस्ता साँढेमा चढेर भस्मासुरको जरो उखेल्ने कोशिस नगरेका त कहाँ हुन् र ? भस्मासुरले लखेटेपछि उनी कैलाशमै थन्किए । उनलाई थाहा थियो कि ब्रह्माले तपस्या पूरा गरे भने भस्मासुरले टाउकोमा हात राख्नासाथ भस्म हुन बेर लाउँछन् अनि सती, पार्वतीजस्ता सुन्दरीसँग इलुइलु गर्ने उनको सपना पनि अधुरो हुन्छ । कोही भिक्षा माग्न आयो भने वीर्य निकालेर दिने उनको फोहरी काम पनि हुन पाउँदैन । सारा संसारलाई लिङ्गपूजा गराउने परिपाटी पनि बन्द हुन्छ । भाङ– धतुरो खाएर अर्धपागलजस्तो बन्न नपाइएला, अहिले त दुनियाँलाई धम्क्याएर भए पनि लिङ्गको पूजा गरेको छु, वीष, भाङ, धतुरो सेवन गरेकै छु, मैले तपस्या नगरेर यी राच्छेसहरूले ब्रह्माको तपस्या गर्ने भए अब कालो साँढे चढेर जान्छु । 
माले, तारे, जुरे, सेते जस्ता थुप्रै साँढेहरू महादेवकै अन्यायमा परेकाले आजभोलि भस्मासुरका नजिक छन् । भस्मासुरले पनि उनीहरूलाई चर्ने डाङ्गल दिए । त्यसैले उनी महादेवकै विरोधमा लागे । उता खरानी घस्ने, सर्पको गहना लगाउने, बाघको छाला कम्मरमा बेर्ने त्यस्तो भूतजस्तो महादेवले आफ्नो अपमान गरेकाले दक्षप्रजापति पनि महादेवसित खरिएका थिए । यसै कारण उनले पनि भस्मासुरकै पक्ष लिने निधो गरेका थिए । कालो साँढे र भूत–प्रेत मात्र महादेवका पक्षमा थिए । त्रिशुल र बन्चरो साथमा लिई कालो साँढेमाथि सवार भई फेरि भस्मासुरको कठोर तपस्या बिथोल्न आइलागे । अन्य साँढेहरू र दक्षप्रजापतिसमेत महादेवसित रुष्ट भएकाले कालो साँढे देख्नासाथ जुध्न तम्सि–हाले । घोर घमासान युद्ध चल्यो । भस्मासुरले पनि पछाडिबाट साथ दिइरहेका थिए । महादेवलाई पिठ्युँमा बोकेर बर्षौं डुलाएका माले, तारे, सेतेजस्ता थुप्रै साँढेहरू एकैचोटी आइलागेपछि जाबो कालो साँढेको एक्लै के जोर चल्नु ? ठाडो पुच्छर लगाएर भाग्न थाल्यो । पछाडिबाट अरू साँढेहरूले खेद्दै थिए । पछि नफर्केर कुद्दा पिठ्युँका महादेव उत्तानो परेर भुइँमा पछारिए । उनले पहिरेको बाघको छाला पनि कालो साँढेको सिङले उधिनेर लग्यो । अब त उनको हालत खराब भयो । छोपिराखेको लिङ्ग पनि छर्लङ्गै देखियो । भाङको नशा लागेका महादेव वेहोश भएर उत्तानो परि– रहे । बालुवाको लिङ्ग बनाएर जबजस्ती … लगाउने महादेवको वास्तविक लिङ्ग नै प्रदर्शन भएपछि कसले पुज्ने । महादेव उत्तानो परिहाले । अब बर दिने होइनन् क्यारे । यता कैलाशमा भस्मासुर पसिसके अब महादेवलाई बाघको छाला ओढाउन को जाने ? त्यहीँ उत्तानो परिरहून् ।
बम्घा– ८, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
फेरौँ न मन्त्री अब !

फेरौँ न मन्त्री अब...

काशीनाथ मिश्रित